वित्तीय साक्षरता तालिम सम्पन्न

मिति २०७६/०९/११ शुक्रबार

दुर्लव्यनगर साना किसान कृषि सहकारी सस्था लिमिटेडले शुक्रबार दैलेख जिल्लाको दुल्लु नगरपालिका को वडा नं ८ र ९ का समुदायमा रहेका १०० जना सदस्य को सहभागीता मा द्रोणाचल शिक्षा क्याम्पस दुल्लु मा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ ।

तालिम को संचालन दुर्लव्यनगर साना किसान कृषि सहकारी सस्था का कर्मचारी श्री घनश्याम उपाध्याय ले गर्नुभएको थियो । आयाेजित कार्यक्रममा संस्थाका अध्यक्ष इश्वरी कुमारी भट्टराई को सयोजकत्व मा साना किसान कृषि सहकारी सस्था साटाखानी सुर्खेत का कार्यालय प्रबन्धक श्री हरि प्रसाद पौडेल , उर्जाशिल साना किसान कृषि सहकारी सस्था कि उपादक्ष श्री इन्दिरा कडेल सहजकर्ता श्री बद्रि ढकाल को विशेष आथित्यमा तालिम संचालन भएको थियो ।

सामुहिक तस्बिर द्रोणाचल शिक्षा क्याम्पस दुल्ल

तालिम मा रु १० को नोट देखाउदै वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्यहुने विषयमा पनि शाखा प्रवन्धक पौडेल ले चर्चा गर्नु भएको थियो । तालिममा प्रवन्धक पौडेलले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, सदस्यको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारणका बिषयमा प्रस्तुत गर्नु भएको थियो .तेस्तै उर्जाशिल साना किसान कृषि सहकारी सस्था कि उपादक्ष श्री इन्दिरा कडेलले बिभिन्न पोस्टर को माध्याम बाट बचतको उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिमन्यूनीकरण, जोखिमको परिचय र असर, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी दिनु भएको थियो ।

हरि प्रसाद पौडेल प्रशिक्षक

अन्तिम मा पौडेल ले माटो परिक्षण गर्ने उपाय र कम्पोस्ट मल निर्माणका विषयमा मा पनि किसानलाई जानकारी दिनु भयो ।

वित्तीय साक्षरता तालिममा तालिमको बारेमा सस्था कि उपादक्ष जगत कुमारी योगी निर्मला भण्डारी ,तारा के.सि लगाएतले दुर्लव्यनगर साना किसान कृषि सहकारी सस्था लिमिटेडले तालिम दिएकोमा खुसी ब्यक्तगर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवा दिने विषयमा चर्चा गरेका थिए। त्यस्तै गरी सस्था को तर्फबाट तालिममा आर्थिक सहयोग गर्ने सुर्खेत स्थित साना किसान विकास बैंक लाइ स -धन्यवाद दिदै कार्यक्रम को समापन सस्था अध्यक्ष इश्वरी भट्टराई ले गर्नु भएको थियो ।