ऐतिहासिक पृष्ठभूमि

दुर्लव्यनगर साना किसान कृषि सहकारी संस्था दुल्लु न.पा. ८,दैलेख जिल्ला निर्वाचन क्षेत्र नं: २ इलाका नं: ८ मा अवस्थित छ । बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुर्लव्यनगर हुन गएको हो । जुन कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।सोही स्थान देखी करीव ५०० मीटर दक्षिण तिर राजा जङ्ग बहादुर राणा को बाबु बालनरसिंह कुवर को समादी स्थल बालेश्वर मन्दिर रहेको छ । सो मन्दिरको आडैमा एक दुल्लु नगरको पौवा भन्ने सानो बजार छ उक्त बजारमा यो संस्था अवस्थित छ।

सक्षम परियोजना तथा साना किसान बिकास बैक को आथिक सहयोगमा मिति २०७५/०९/२५ गते साना किसान विकास बैंक अनुसरण सहजकर्ता श्री  बद्रि ढकाल ( अनुप ) ज्यु को समन्वय मा दुल्लु नगरपालिका वडा न ८ का वडाअध्यक्ष श्री टिकाराम थापाको अध्यक्षता मा नगर साझेदारी टोल विकास सस्था मार्फत भेला गराइ ११ जना तदर्थ समिति गठन गरियो ।

उक्त तदर्थ समिती

  • श्री इश्वरी कुमारी भट्टराइ अध्यक्ष
  • श्री जगत कुमारी योगी उपाध्यक्ष
  • श्री मिना कुमारी रीजाल देवकोटा सचीव
  • श्री विवामाया तामांग सदस्य
  • श्री कमला उपाध्याय सदस्य
  • श्री सीता खत्री सदस्य
  • श्री रमा बुढा सदस्य
  • श्री हरी कुमारी थापा बुढा सदस्य
  • विपना बिष्ट सदस्य

माथी उल्लेखीत तदर्थ समिती को निर्णय अनुसार संस्था संचालनमा ल्याउन निर्णय का साथ  खुल्ला विज्ञापन गरि  पौवा मा मिती २०७५/१०/०९ गते लिखित र मौखिक परिक्षा  लिएर  दुई जना श्री घनश्याम उपाध्याय र श्री गीता बुढा लाइ स्वयंसेवक कर्मचारी नियुक्ती गरिएको थियो ।

संचालक समिती, सहजकर्ता र कर्मचारीहरु